मोसुल सहर खोसाखोस गर्दै इराकमा हानाहान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:२५ बजे

मोसुल सहर खोसाखोस गर्दै इराकमा हानाहान

काठमाण्डौ
कात्तिक २
इराकको मोसुल शहरलाई चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस)को नियन्त्रणबाट मुक्त गराउन इराकी सैन्य दलले दोस्रो दिनको सैन्य कारबाही सुरु गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सो सैन्य कारवाहि योजनाबद्ध ढंगले भइरहेको बताएको छ । पेन्टागनका प्रवक्ता पिटर कुकले  महिनौंको तयारीपछि इराकको आइएस नियन्त्रित क्षेत्रमा भइरहेको आक्रमण अपेक्षाभन्दा राम्रो भएको बताउनुभएको छ । मोसुर शहरमा सरकारी फौज, कुर्दको पेशमेर्गा फौज र सुन्नी लडाकुहरुसहितको ३० हजार फौजले, आइएस लडाकु भगाउन संयुक्त रुपमा कारवाहि गरिरहेको छ जसमा अमेरिकी लडाकु विमानहरुलेपनि सघाइरहेका छन् । अहिले मोसुल शहरमा ४ हजार देखी ८ हजार बीचको हाराहरीमा आइएस लडाकु रहेको हुनसक्ने अधिकारीहरुले आंकलन गरेका छन् ।

हिजो मात्र इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहरलाई चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस)को नियन्त्रणबाट मुक्त गर्न सैन्य कारबाही सुरु भएको बताउनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार