जेलभित्रै हानाहान्,२५ जनाको गयो ज्यान


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक १ सोमवार १५:१५ बजे

जेलभित्रै हानाहान्,२५ जनाको गयो ज्यान

काठमाण्डौ
कात्तिक १
ब्राजिलको रोराईमा राज्यको राजधानी बोवा भिस्टाको  एक जेलमा कैदीहरुबीच झडपहुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

jel

उत्तरी ब्राजिलमा अवस्थित सो जेलमा दुई कैदि समुहबीचको झडपमा परी २५ जना कैदीको मृत्यु भएको स्थानीय संचार संस्थालाई उदृतगर्दै बीबीसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार झडपमा ७ जनाको शिर क्षदन गरि हत्या गरिएको छभने ६ जनाको जलाएर हत्या भएको छ । ती कैदिहरुले झडपका बेला चक्कु, भाला, र लौरोको प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यस जेलमा क्षमता भन्दाबढी कैदी बन्दी राखिएका छन । ७ सय ४० जनाको क्षमता भएको सो जेलमा १४ सय कैदि राखिएको अधिकारीहरुको भनाई छ । जहाँ विभिन्न मुदाका खतरनाक अपराधीहरु राखिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार