हाइटीमा माथ्यु आँधीले धेरैको माथ उडाइदियो, २ सय ८१ को जीवन आँधीले लुट्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २१ शुक्रवार ११:३४ बजे

हाइटीमा माथ्यु आँधीले धेरैको माथ उडाइदियो, २ सय ८१ को जीवन आँधीले लुट्यो

काठमाण्डौ
असोज २१
हाइटीमा म्याथ्यु नामक भिषण आँधीका कारण मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको छ ।

दक्षिणी शहर रोचे ए बाथेउमा सबै भन्दा बढी क्षति भएको त्यहाँका अधिकारीले बताएका छन् । आँधिका कारण सो शहरका ३० हजार भवनहरु ध्वस्त भएका बीबीसीले उल्लेख गरेको छ । हाइटीमा विध्वश मच्चाएको शक्तिसाली ‘म्याथ्यु’ नामक आँधि अमेरिकाको फ्लोरिडा राज्यको मियामी सहित साउथ क्यारोलिना र जोर्जियातर्फ अघि बढिरहेको अधिकारीहरुले बताएका छन् । फ्लोरिडामा प्रतिघण्टा १ सय १५ किलोमिटरको बेगमा आँधी चल्ने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा सकारले तत्काल बस्तीहरु खाली गरेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । आँधिबाट बच्न करिब २० लाख परिवार बसाइ सरिससेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार