बमले २९ जनाको जीवनलिला उछिट्याइदियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २० बिहीवार १५:३५ बजे

बमले २९ जनाको जीवनलिला उछिट्याइदियो

काठमाण्डौ
असोज २०
टर्कीसँगको सिमाना नजिकै रहेको सिरियाको इदलिब प्रान्तमा विस्फोटमा परि २९ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी दर्जनौ घाइते भएको र मृत्यु हुनेमा अधिकांश विद्रोही लडाकु रहेको जनाइएको छ । सो क्षेत्रमा सुरक्षा गार्ड परिवर्तन गर्ने समयमा विस्फोट भएको टर्कीको समाचार संस्थाले पुष्टी गरेको छ । विष्फोटको जिम्मा अहिलेसम्म कुनै समूले लिएको छैन यद्यपी इस्लामिक स्टेट आइएसले आत्मघाती विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । आक्रमणबाट विद्रोहीतर्फ धेरै क्षती भएको आइएसको दावी रहेको छ ।

टर्की समर्थित विद्रोही समूह र आइएसबीच टर्की  र सिरियाको सिमा क्षेत्रमा पछिल्लो समय भिडन्त हुँदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार