अमेरिका, ८ फागुन ।
दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ । रातो रंगको यो फोनमा हिटलरको नाम लेखिएको छ । यो फोन सन् १९४५ मा बर्लिनमा हिटलरको बन्करमा फेला परेको हो ।
जर्मनीले आत्मसमर्पण गरेपछि सोभियत सैनिकले यो फोन बेलायती बिग्रेडियर राल्फ रेनरलाई चिन्हका रुपमा प्रदान गरेको थियो । लिलामको प्रारम्भिक बोलकबोल १ लाख डलरबाट सुरु हुनेछ । राल्फका छोराको तर्फबाट लिलाम हुन लागेको फोन बरीब ३ लाख सम्ममा बिक्रि हुन सक्ने अपेक्षा गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
