किन कहिल्यै सुत्दैन बेलायत ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ८ आइतवार ०८:३५ बजे

किन कहिल्यै सुत्दैन बेलायत ?

लन्डन, ८ फागुन ।

अँध्यारो भएपछि घरभित्रै बस्ने संसारका कैयौं ठाउँ छन् । तर २४ सै घण्टा नसुत्ने मुख्य सहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छन् लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो रात्रिजीवन संस्कृतिले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।

बेलायतको रात्रि व्यवसाय करिब ७० अर्ब पाउण्ड बराबर रहेको तथ्यांक छ । रात्रि क्लब, बार, रेस्टुरेन्टहरुले सरकारको राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।

रातको समयमा मनोरञ्जन गर्नु बेलायती संस्कारको एक अभिन्न अंग नै हो । यसै कुरालाई ध्यानमा राखि लन्डनभर जमिनमुनि गुड्ने रेल (अन्डर ग्राउन्ड) सेवा सप्ताहान्तमा २४ सै घण्टा विस्तार गरिएको छ । आजको कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार