के का लागि स्ववियु निर्वाचन ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : शुक्र, माघ १४, २०७३

के का लागि स्ववियु निर्वाचन ?

गोपाल नेपाल
सचिव

अनेरास्ववियु क्याम्पस समिती
अमृत साइन्स क्याम्पस,काठमाण्डौ ।

प्रत्येक २÷२ मा हुनु पर्ने स्ववियु निर्वाचन २०६५ साल यता हुन सकेको छैन । पटक पटक निर्वाचन मिति घोषणा गर्ने अनि स्थगित हुदै आठ बर्ष पश्चात यस पटक त्रिभुवन विश्वविद्यालयले फाल्गुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । यधपी स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका , कार्यतालिका आउन नसक्दा कतै स्ववियु निर्वाचन पहिला जस्तै हात्ती आयो हात्ती आयो फुस्सा हुने त हैन भन्ने आशंका पैदा हुन थालेको छ ।

15178223_1117328645049672_1153529012244943999_n

२०३६ सालमा भएको एतिहासिक विद्यार्थी आन्दोलनको उपलब्धि को रुपमा स्थापित स्ववियु बहादुर अग्रज योद्धाहरुले रगत र पसिनासँग साटेर ल्याएको विद्यार्थीहरुको हक हित र अधिकारप्राप्तिको निम्ति संघर्श गरेको साझा संस्था हो । विभिन्न आन्दोलनको अग्र मोर्चामा जिम्मेवारपूर्वक नेतृत्व गर्दै अघि बढेको स्ववियु निर्वाचन समयमा हुन नसक्दा एकातर्फ शैक्षिक क्षेत्र अस्तब्यस्त बनेको छ त अर्का तर्फ सचेत विद्यार्थी समुदायको नेतृत्व विकासको ढोका बन्द हुन पुगेको छ । जसरी मौसमी बाताबरण जाडोलाइ त्याग्दै गर्मी मौसम मा प्रबेश गर्न गै रहेको छ त्यसरी नै आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनले क्रमिक रुपले क्याम्पस र बिश्वबिध्यालय हरुलाइ तताउदै लगेको छ । हरेक दुइ बर्ष हुनु पर्ने स्ववियु बिश्वबिध्यालयको अकर्मण्यता बिभिन्न विद्यार्थी संघ संगठनहरुको आआफ्नै स्वार्थका कारण हुन सकेन ।
स्ववियु स्थापना देखी अहिले सम्म आइपुग्दा विद्यार्थी आन्दोलनले थुप्रै अनुभब हासिल गरिसकेको छ । यसबिचमा सरकार र विश्वविद्यालयको उदासिनता स्वयं स्ववियु मा निर्बा्चित संगठन र पदाधिकारी का कारण सिङ्गो स्ववियु माथी नै अनेकन प्रश्न नउठेका होइनन् । तर केहि अश र अपवाद लाइ लिएर केहि व्यक्ति र संगठनले गरेका गल्तिलाई सिङ्गो स्ववियु र विद्यार्थी आन्दोलनको गल्ती को रुपमा लिएर यसको आवश्यकता माथी प्रश्न उठाउन हुदैन । होला, पछिल्लो समय केहि ठाँउहरुमा स्ववियु क्याम्पस प्रशाशनसँग सौदाबाज गरेर भ्रष्टाचार गुन्डागर्दी मा संलग्न पनि भए होलान् । तर पनि स्ववियुलाइ आजको युग सुहाउदो बनाउदै लगेर विद्यार्थी हरुको हक हित र अधिकार प्राप्ती को आन्दोलन मा अगाडी लैजान सकिन्छ । त्रिवि सिनेटको बैठकले उम्मेदवार हुन २८ बर्ष हद लगाएसंगै धेरै नयाँ विद्यार्थीहरुलाइ थप उर्जा प्रदान गरेको छ । त्यसैले फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन जसरी भए पनि सम्पन्न गराएरै छोड्ने सवाल केबल कुनै संगठनको जित र हारको बिषय मात्रै होइन । यो त विद्यार्थी आन्दोलन को नासोको रुपमा प्राप्त गरेको विद्यार्थी हरुको साझा मन्च लाइ विद्यार्थी समुदाय बाट गुम्न नदिने एउटा अबसर पनि हो । यसका निम्ती बिगत मा भएका कमि कमजोरी बाट पाठ सिक्दै आगत लाइ समुदाय र शैक्षिक क्षेत्रको हितमा समर्पित गराउदै अघि बढ्नु प्रत्यक विद्यार्थी संगठन र सचेत विद्यार्थीहरुको साझा कर्तव्य बनेको छ ।

10987309_713851332064074_6744471261810870052_n

अझै छ स्ववियुको सान्दर्भिकता
शैक्षिक क्षेत्रको अग्रगति सामुदायिक हित बिगतमा प्राप्त एतिहासिक उपलब्धि को रक्षा गर्न स्ववियुको सान्दर्भिकता अझै पनि उत्तिकै छ । शिक्षा मा ‘नो मनि त फनफनी’ को स्थिती सिर्जना भएको छ । शिक्षामा मा भएको व्यापारिकरण को अन्त्य गर्दै सामन्य जनताको पहुँच मा सिक्षा लाइ पुर्याउन स्ववियु ले महत्वपूर्ण भुमिका निर्बाह गर्न सक्छ ! समाज भित्रहुने गरेका सबै खाले बिकृती बिसङती कुरिती कुसंस्कार विरुद्ध को हुकार लाइ अझ सशक्त बनाउन स्ववियु आबश्यक छ । रास्टृयता को सशक्त पहरेदारी गर्दै शैक्षिक क्षेत्र भित्र भएका प्रतिभा हरुको प्रस्फुटन संरक्षण र सिर्जनात्मक कार्यहरुलाइ अभियान को रुपमा अगाडि बढाउन सके अझै पनि स्ववियु को सान्दर्भिकता उत्तिकै छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट