माल्दिभ्सलाई हराउने दाउमा नेपाल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार १२:३३ बजे

माल्दिभ्सलाई हराउने दाउमा नेपाल

काठमाण्डौ, १३ पुस ।

भारतमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा बुधबार नेपालले माल्दिभ्सको सामना गर्दैछ । पहिलो खेलमा भुटानलाई ८ ० ले पराजित गरेको नेपाल माल्दिभ्सलाई पनि हराउँने दाउमा छ ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार