काठमाडौं, १२ पुस ।
पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको भलिबल खेल स्थगित भएको छ । सेमिफाइनल खेलमा नेपाल आर्मीसँग पराजित भएपछि पश्चिमाञ्चलका खेलाडि सञ्जुबिक्रम शाहले रेफ्री बिनय राईलाई कुटेपछि खेल रोकिएको हो ।
आर्मीसँग ३–१ सेटमा पराजित भएको पश्चिमाञ्चलका शाहले खेल सकिएपछि हात मिलाउने क्रममा रेफ्रीलाई कुटेका हुन् । खेलका क्रममा पहेलो कार्ड पाएका शाहले रेफ्री कुटेका हुन् । रेफ्रीमाथि हातपात गर्ने खेलाडिलाई कार्बाही नभएसम्म खेल अघि नबढाउने रेफ्री संघले अडान लिएको छ । यसबारे भलिबल संघले निर्णय लिने बताईएको छ ।
