इटहरी, १२ पुस ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्रिकेटतर्फ मध्यमाञ्चलले काश्य पदक हात पारेको छ । इटहरीमा भएको खेलमा मध्यपश्चिमाञ्चललाई ६ विकेटले हराउँदै मध्यमाञ्चलले तेस्रो स्थान हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले इनिङको एक बल अघि लक्ष्य पूरा गर्न सक्यो ।
जितका लागि मध्यमाञ्चललाई अन्तिम ओभरमा १३ रनको आवश्यक थियो । पाचौं नम्बरकी ब्याट्सम्यान शान्ति खतिवडाले केहि उत्कृष्ट शट खेलेपछि मध्यमाञ्चलले एक बल बाँकी छैदै जित हासिल गर्न सफल भयो ।
बलिङतर्फ मध्यपश्चिमाञ्चलकी कप्तान नेरी थापाले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले २० ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । उसका लागि खेलको म्यान अफ द म्याचसमेत रहेकी लक्ष्मी चौधरीले सर्बा्धिक ४५ रनको योगदान गरिन् । त्यस्तै कप्तान नेरी थापाले २६ रन जोडिन् ।
