विराटनगर, १० पुस ।
साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाले आईतबार स्वर्ण पदक जितेको छ । धरानस्थित डिपो माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न सेपाक तेस्रोको रेगो इभेन्टको फाइनलमा सेनाले पश्चिमाञ्चललाई २१– १६ र २२–२० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।
यसअघि सेना सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललाई २१–९ र २१–१७ मा लगातार हराउँदै सेना फाइलनमा पुगेको थियो । सेनासँग फाइनलमा सोझो सेटमा पराजित पश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ । आजै भएको खेलमा सुदूरपश्चिमाञ्चललाई २४–२२– र २१–१८ मा लगातार पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक पाएको छ । रासस
