अमेरिकाको ड्रोन पानीमुनीबाटै चीनले तानेपछि अमेरिका हप्प


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १७:५० बजे

अमेरिकाको ड्रोन पानीमुनीबाटै चीनले तानेपछि अमेरिका हप्प


काठमाण्डौ
पुस २


अमेरिकाले समुद्रमा सर्वेक्षण गर्ने आफ्नो अण्डरवाटर समुन्द्री ड्रोन चिनले नियन्त्रणमा लिएको आरोप लगाएको छ ।

अमेरिकाले समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच अण्डरवाटर समुद«ी ड्रोन साउथ चाइना सागरबाट चीनले नियन्त्रणमा लिएको आरोप लगाएको हो । चिनले अमेरिकी समुन्द्री ड्रोन नियन्त्रणमा लिए पश्चात अमेरिकाले चिनसँग सो समुन्द्री ड्रोन फिर्तागर्न औपचारीक आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन हराइरहेको पानी जहाजको खोजीमा रहेकाबेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले मानवरहित सो अन्डरवाटर समुद«ी ड्रोन दक्षिणी चीन सागरमा वैध रुपमा सर्वेक्षणका लागि पठाइएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट