सर्वसाधारणको रगतको खोलो बगाउदै सिरिया सरकारले अलेप्पो कब्जा गर्यो, मर्न बाँकी विद्रोही कुना पस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २९ बुधवार १३:१० बजे

सर्वसाधारणको रगतको खोलो बगाउदै सिरिया सरकारले अलेप्पो कब्जा गर्यो, मर्न बाँकी विद्रोही कुना पस्दै

काठमाण्डौ
मंसिर २९

सिरियाको विद्रोही नियन्त्रित पुर्वी अलेप्पो शहरमा विद्रोही विरुद्धको सैैन्य कारवाही रोकिएको छ । पुर्वी अलेप्पोमा सरकारी सेनाले आफ्नो नियन्त्रण पुन कायम गरेपछि विद्रोही विरुद्धको कारवाही रोकिएको संयुक्त राष्ट्रसंघकालागि रुसका राजदुत विताली चुरकिनले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

चुरकिनले पुर्वी अलेप्पो सेनाको नियन्त्रणमा रहेका बेला त्यहा बाँकी रहेका विद«ोही लडाकु त्यस ठाउँ छोड्न राजि भएको बताउनुभयो ।
त्यस्तै चुरकिनले विद्रोहीकोलागि अलेप्पो छोड्ने बन्दोबस्तो गरिएको जानकारी दिनुभयो । तर विद्रोहीहरुले अलेप्पो छोड्ने बताएपनि त्यहाँका नागरिकहरुलाई त्यहाँबाट बाहिर जान दिनुपर्ने माग गरेका छन । सरकारी सेना, रुसी हवाई विमान लगायत शक्तिहरुले विद्रोही नियन्त्रित पुर्वी अलेप्पो शहर भिषण आक्रमणपछि नियन्त्रणमा लिएको हो । गतिशिल घटनाक्रमलाई हेर्दा सिरियामा जारी चारवर्षभन्दा लामो गृहयुद्ध अन्त्यहुने विश्लेषण गरिएको छ । सो द्धन्द्धका क्रममा हजारौको मृत्यू भईसकेको छ ।
संयुक्त राष्ट्रसंघले केहि महिनायता  अलेप्पोमा ८२ जना सर्वसाधरणको चार क्षेत्रमा हत्या भएको बलियो प्रमाण आफुसंग रहेको तथा अन्य कैयौं पनि मारिएको हुन सक्ने जनाएको छ । यसैविचमा अमेरिका र संयुक्त राष्ट्रसंघले सिरियाली सरकार र सरकार समर्थित रुस र इरान पुर्वी अलेप्पोमा भएको ज्यादतीका निम्ति जवाफदेही हुनुपर्नेे बताएका छन् । तर रुसले भने अमेरिका र संयुक्त राष्ट्रसंघले लगाएको आरोपको खण्डन गर्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट