राष्ट्रपति भइसकेपछि पनि सुखी नहुने भए डोनाल्ड ट्रम्प


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २८ मंगलवार १६:२६ बजे

राष्ट्रपति भइसकेपछि पनि सुखी नहुने भए डोनाल्ड ट्रम्प

काठमाण्डौ
मंसिर २८

अमेरिकी रिपब्लिकन पार्टिका वरिष्ठ नेताहरु आफ्नै पार्टिका नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध उत्रिएका छन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनमा रुसले ह्याकिङ्ग गरेको भनिएको विषयमा अनुसन्धान हुनुपर्नेभन्दै ती नेताहरु ट्रम्प विरुद्ध उत्रिएका हुन । अमेरिकी सदनमा रिपब्लिकन पार्टिका नेता मिच म्याकनल र पल रायनले रुसले गरेको भनिएको ह्याकिङको विषय गहिरो अनुसन्धानपछि त्यसले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा पु¥याएको प्रभावबारे थाहापाउन सकिने बताउनु भएको छ ।
यसअघि अमेरिकी गुप्तचर एजेन्सी सिआइएले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले ह्याकिङ गरेको भनिरहँदा सत्यतथ्य छानविनका लागि राष्ट्रपति वाराक ओबामाले रुसी ह्याकिङको विषयमा छानविन गर्न निर्देशन दिनुभएको थियो । तर ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा रुसले ह्याकिङ गरेर आफुले चुनाव जितेको विषयलाई तथ्यहिन भन्दै अस्वीकार गर्दै आउनुभएको छभने रुसले पनि अमेरिकी राष्ट्रपतिय निर्वाचनमा आफ्नौ कुनै संलग्नता नरहेको बताउदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट