एउटा दर्दनाक यथार्थ कथा,सिरियाको अलेप्पो शहर कि नर्क ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २८ मंगलवार १६:२५ बजे

एउटा दर्दनाक यथार्थ कथा,सिरियाको अलेप्पो शहर कि नर्क ?

काठमाण्डौ
मंसिर २८

सिरियाको अलेप्पो सहरका नागरिकमाथि बर्बरताको अवस्था रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले अलेप्पोका नागरिकको रक्षाका लागि सम्वद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । नागरिकको रक्षाका लागि विशेष गरी सिरिया सरकार जिम्मेवार बन्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । यसअघि संयुक्त राष्ट्रसंघका मानवीय सल्लाहकार ज्यान एगल्याण्डले सरकार समर्थित लडाकुले गरेका सबै बर्बरताका लागि सिरिया र रुस सरकार जिम्मेवार हुने बताउनुभएको थियो । अलेप्पोमा सिरियाली सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । अलेप्पोमा नागरिक विरुद्ध भएको बर्बरताको घटनाले महासचिव वान चिन्तित रहेको उहाँका प्रवक्ता स्टिफन डुजारिकले बताउनुभएको छ ।
विशेष गरी महिला तथा बालबालिकाको सुरक्षाको विषयलाई लिएर महासचिव बढी चिन्तित रहनु भएको डुजारिकको भनाई छ । सरियाको सरकारी सेनाले विद्रोहि नियन्त्रित अलेप्पाको दक्षिणी भू भाग आफ्नो नियन्त्रणमा लिने क्रममा धेरै नागरिकहरु पिडित भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार