अरुलाई हान्दा आफै मर्ने बम पड्किएपछि २९ जनाको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २६ आइतवार १५:३९ बजे

अरुलाई हान्दा आफै मर्ने बम पड्किएपछि २९ जनाको मृत्यु

काठमाण्डौ
मंसिर २६

टर्कीको इस्तानबुलमा एकसाथ गराइएको कार बम र आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । विस्फोटनमा परी १ सय ६६ जना घाइते भएका टर्कीस सरकारले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारीहरु रहेको बताइएको छ । आक्रमणमा परी घाइते भएकामध्यै केहिको अवस्था चिन्ताजनक भएकाले हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । टर्कीस अधिकारीका अनुसार स्थानीय फुटबल रंगशाला नजिकै रहेको प्रहरीलाई लक्षित गरी सो आक्रमण भएको थियो ।

इस्तानबुलस्थित बेसिकटस रंगाशालाबाट फुटबलप्रेमीहरु निस्किएको दुई घण्टापछि त्यहाँ नजिकै पहिला बम आक्रमण भएको र त्यसपछि गोली पड्केको आवाज सुनिएको स्थानीयले बताएका छन् । टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले सो आक्रमणलाई एउटा क्रुर घटनाको संज्ञा दिएका छन् । टर्कीका कुर्दिस सेनाले आतंककारीविरुद्ध आक्रमण तिब्र पारेकाले इस्लामिक अतिवादी संगठन आइएसले सो हमला गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन ।

आइएसले पछिल्ला महिना कुर्दिस सेना र टर्कीका विभिन्न ठाउँमा आत्मघाती बम आक्रमण गर्दै आएको छ । जसका कारण टर्कीका मुख्य शहरहरुमा हालै भएका आक्रमणहरुमा दर्जनौं मानिसको मृत्यु भईसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार