काठमाण्डौ
मंसिर २५
अमरीकी राष्ट्रपति बराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिय निर्वाचनका क्रममा साइबर आतंक भएको भनिएको विषयमा समीक्षा गर्न निर्देशन दिनुभएको छ ।
गत नोभेम्बरमा अमेरिकामा सम्पन्न राष्ट्रपतिय निर्वाचनका क्रममा साइबर आतंकको विषय चर्को रुपमा आएकाले त्यस सम्बन्धि समिक्षाहुने राष्ट्रपति बाराक ओबामाले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । सो साइबर आतंकमा रुसको नाम पनि जोडिएर आएको थियो । सो साइबर आतंकले च्ुनावी अभियानमा रहनुभएकी डेमोक्रेटिक पार्टीकी उमेद्धार हिलारी क्लिण्टनको व्यक्तिगत इमेल सार्वजनिक गरिदिएको थियो । गत अक्टुबरमा अमेरिकी अधिकारीहरुले सो साइबर आतंकको पछाडि रुसको हात हुनसक्ने आशंका गर्दै रुसले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गर्न खोजेको बताएको थियो ।
तर रिपव्लिकन पार्टिका उमेद्धार डोनल्ड ट्रम्पले चुनावमा रुसका हस्तक्षेपलाई अस्वीकार गर्नुभएको थियो । त्यस्तै रुसलेपनि आफुले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको आरोपको खण्डन गरेको थियो ।
