लगातार एक महिनाजति गोली चलेको चलै गरेपछि सिरियाको अलेप्पोमा घाइते नै घाइते सर्वसाधारण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार १८:५० बजे

लगातार एक महिनाजति गोली चलेको चलै गरेपछि सिरियाको अलेप्पोमा घाइते नै घाइते सर्वसाधारण

काठमाण्डौ
मंसिर २३
सिरियाली सरकारी सेनाको कब्जामा रहेको पूर्वि अलेप्पोमा १ सय ४८ जनाभन्दा बढि सर्वसाधारण चोटग्रस्त अवस्थामा रहेका छन् । विद्रोहि नियन्त्रीत अलेप्पोका विभिन्न भूभागमा सरकारी सेनाको आक्रमणपछि ती सर्वसाधारण नागरिकहरु चोटग्रस्त अवस्थामा फेला परेको रेडक्रसले जनाएको छ ।

सिरियाली विद्रोहिविरुद्ध तीव्र आक्रमण भईरहँदा ती मानिसहरु पुराना तथा भत्किएका संरचनामा फसेको बताइएको छ । फसेकाहरुमध्ये केहि अत्यधिक चोटका कारण हिँड्न पनि नसक्ने अवस्थामा रहेका छन् । आवश्यक औषधिको अभावका कारण केहिले ज्यानसमेत गुमाएको स्थानिय अधिकारिहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । विगत ३ हप्ता देखि लगातारको आक्रमणपछि ४ वर्षदेखि विद्रोहिको नियन्त्रणमा रहेको पूर्वि अलेप्पोका लगभग ७५ प्रतिशत भू भाग सिरियाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।
यसअघि विद्रोहीले अलेप्पो शहरमा पाँच दिनको लागि युद्धविराम गर्न सिरिया सरकार समक्ष आह्वान गरेका थिए । सिरियाली सेना र सरकार सहयोगी शक्तिहरुको घेराबन्दीमा रहेको पूर्वी अलेप्पोमा रहेका सिरियाली विद्रोहीहरुले त्यहाँ रहेका सर्वसाधारण र घाइतेहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पाँचदिनको युद्धविराम गर्न आह्वान गरेको थियो तर सिरियाली राष्ट्रपति बसर अल असदले सरकारी सेनाको पकड बलियो बन्दै गएकाबेला विद«ोहीसँगको युद्धविराम स्वीकार गर्न नसकिने बताउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार