युद्ध बढ्दै गए यमनमा मान्छेले मान्छे खानसक्ने अवस्था आउनसक्ने राष्ट्रसंघको चेतावनी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २२ बुधवार १३:२६ बजे

युद्ध बढ्दै गए यमनमा मान्छेले मान्छे खानसक्ने अवस्था आउनसक्ने राष्ट्रसंघको चेतावनी !

काठमाण्डौ
मंसिर २२
यमनमा गृहयुद्धका कारण व्यापक भोकमरी निम्तनसक्ने राष्ट्रसंघीय अधिकारीहरुले चेतावनी दिएका छन । अधिकारीहरुले यमनमा जारी द्धन्द्धका केही महिनाभित्र त्यहाँ व्यापक भोकमरी निम्तने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै यमनमा अवस्थित राष्ट्रसंघीय उच्च अधिकारीले त्यहाँ मानवीय संकट देखा पर्दा समेत विश्वले वेवास्ता गरी आँखा चिम्लिएको आरोप लगाएका छन । यमनस्थित राष्ट्रसंघको सहायता संयोजक जेमी मक गोडरिकले बीबीसीसँग कुरागर्दै यमनी बालबालिकाले भोकमरीका कारण ज्यान गुमाउन थालिसकेको बताउनुभयो । यस्तै मक गोडरिकले यमनमा करिब दुई वर्षयता भएको द्वन्द्वमा भौतिक संरचना साथसाथै देशको आधा भन्दा बढी जनसंख्याले बाँच्नका लागि आधारभूत सामाग्रीहरु गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले जिर्ण अवस्थामा रहेको यमनलाई सहायता नगरेकोमा विश्वले पछुताउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

साउदी अरेबियाको समर्थन पाएको यमन सरकारविरुद्ध पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेह निकट रहेका फौज र हुथी लडाकुहरुबीच सन २०१५ मार्च महिनाबाट गृहयुद्ध चलिरहेको छ  । करिब २ वर्ष यता जारी द्वन्द्वका कारण १ करोड ८० लाख मानिसहरु मानवीय सहायताको खाँचोमा परेको राष्ट्रसंघले बताएको छ । राष्ट्रसंघका अनुसार जारी द्धन्द्धमा हालसम्म ७ हजार दुई सय ७० भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन् भने करिब ४० हजार मानिसहरु घाइते भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार