कुनैबेलाकी चर्चित हिरोइन् तामिलनाडुकी मुख्यमन्त्री जयलयलिताको निधन यो कारण भयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:३२ बजे

कुनैबेलाकी चर्चित हिरोइन् तामिलनाडुकी मुख्यमन्त्री जयलयलिताको निधन यो कारण भयो

काठमाण्डौ
मंसिर २१
भारतको दक्षीणी क्षेत्र तामिलनाडुकी मुख्यमन्त्री जयलयलिताको हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ । गएको आइतबार हृदयघात भएपछि उहाँको चेन्नाइको अपोलो अस्पतालमा शल्याक्रिया गरिएको थियो ।

शल्यक्रिया गरेको केही घण्टासम्म बचाउन प्रयास गरेपनि उहाँको निधन हिजो राति पौने १२ बजे भएको हो । यसअघि स्वास्थमा दुई महिना अगाडिदेखीनै समस्या आएका कारण उहाँलाई अस्पतालमा भर्ना गराइएकोे थियो । जयललिताले तमिलनाडुको मुख्यमन्त्रीको पद चारपटकसम्म सम्हाली सक्नुभएको छ ।
उहाँ पछिल्लोपटक सन् २०११ को मे महिनाबाट तमिलनाडुको मुख्यमन्त्रीको पदमा रहनुभएको थियो । उहाँको निधनपछि तामिलनाडुमा ७ दिनसम्म शोक मनाइने भएको छ । यस्तै उहाँको एआईएडिएमके पार्टिको झण्डा आधा झुकाइएको छभने उहाँको निधनमा भारतिय राष्ट्रपति प्रनब मुखर्जी र प्रधानमन्त्रि नरेन्द« मोदिले गहिरो दुख व्यक्तगर्नुभएको छ । यस्तै उहाको शोकमा त्यहाँका शैक्षिकसंस्था लगायत कार्यलयहरु बन्द भएका छन् । चलचित्रका नायिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयललिता तामिलनाडुको राजनितीमा अब्बल मानिनुहुन्छ ।
यसैबीच तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि पनिर सेल्वमले मुख्य मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । उहाँ जयललिताको निकट सहयोगी मानिनुहुन्छ । पार्टीमा निकै इमान्दार मानिने उहाँले पहिला चिया बेच्ने गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट