कागज किन्ने पैसा छैन रे जशिसाकेलिसँग,विद्यार्थीलाई हैरानीको योग !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:३३ बजे

कागज किन्ने पैसा छैन रे जशिसाकेलिसँग,विद्यार्थीलाई हैरानीको योग !

काठमाण्डौ
मंसिर २०
कागज खरिदका लागि रकम नभएपछि जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि करिब दुई करोड थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी लिएको केन्द्रले सरकारसँग कागज खरिदका लागि २५ करोड रुपैया ऋण मागेको छ ।

ऋण दिने विषयमा सरकार सकारात्मक भए पनि समयमा निर्णय नहुँदा पाठ्यपुस्तक छपाइ स्थगन भएको केन्द्रका निर्देशक कपिलदेव पोखरेलले बताउनुभयो । कक्षा १ देखि ७ सम्मका पाठ्यपुस्तको छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । पोखरेलका अनुसार रकम नहुँदा ‘ऋची पेपर’बाट बोलपत्र स्वीकृत भएको एक हजार तीन सय मेट्रिक टन कागज आउन सकेको छैन । दैनिक एक लाख थानसम्म छपाइको क्षमता भएको केन्द्रमा कागज नहुँदा हाल रङ्गीन अफसेट प्रेस बन्द छन् । शिक्षामन्त्री धनीराम पौडेलको शैक्षिक सुधारको कार्ययोजनामा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा दिइने र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रङ्गीन छपाइ गरिने उल्लेख थियो । प्रेस बन्द भएसँगै लक्षित पाठ्यपुस्तक उत्पादन समयमा नहुने र यस वर्ष पनि विद्यार्थी तथा अभिभावकले हैरानी पाउने खतरा देखिएको छ । वार्षिक  १५ करोड रुपैया घाटामा रहेको केन्द्रले यसअघि सरकारसँग लिएको ७० करोड रुपैया ऋण तिर्न बाँकी छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट