काठमाण्डौ
मंसिर १८
स्पेनिस ला लिगा अन्तर्गत आज राति महत्वपुर्ण खेलहरु हुदैछन । जस अन्तर्गत आज राति ९ बजे हुने इएल क्लासिको अर्थात विश्वका दुई स्पेनिस जायन्टस् बार्सिलोना र रियल मड्रिडबीचको खेललाई विश्वभर महत्वका साथ हेरिएको छ ।

खेलको तालिका सार्वजनिक भएदेखिनै नेपाली सामाजिक सञ्जाल हरुमापनि बार्सिलोना र रियल मड्रिडका समर्थकहरु इएल क्लासिको भिडन्तमा आ–आफ्नो टोलीलाई पुर्णरुपमा समर्थन गरिरहेका छन् । बार्सा र मड्रिडविचको खेललाई विश्व लिगमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ । दुवै टोलीमा विश्वका उत्कृष्ट खेलाडिहरु रहेका कारणपनि बार्सा र रियल मड्रिडको खेलले प्रत्येक वर्ष विश्वमाझ लोकप्रियता कमाउछ । बार्सिलोनामा एमएसएन अर्थात विश्व उत्कृष्ट मेसी, स्वारेज र नेइमार जस्ता खेलाडी छनभने रियल मड्रिडमा बिबिसी अर्थात बेल, बेन्जेमा, र क्रिष्टियानो रोनाल्डो जस्ता विश्व चर्चित खेलाडीहरु समावेश छन् । यस्तै दुवै टिमको किपर, डिफेन्डर र मिड फिल्डर पनि उत्कृष्ट रहेका कारण खेल कसले जित्ला भनेर खेल प्रेमीहरुले अनुमान गर्न सकेका छैनन ।
यस्तै जारी ला लिगामा रियल मड्रिड ३३ अंक सहित शिर्ष स्थानमा छ भने समान २७ अंक भएका बार्सिलोना र सेभिल्ला गोल अन्तरका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
