ताइवानकी साईसँग डोनाल्ड ट्रम्पले फोनमा मस्किदा चीनलाई खपिनसक्नु !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १८ शनिवार १०:१३ बजे

ताइवानकी साईसँग डोनाल्ड ट्रम्पले फोनमा मस्किदा चीनलाई खपिनसक्नु !

काठमाण्डौ
मंसिर १८
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नीति तोड्दै ताइवानका राष्ट्रपति साई इंग–वेनसँग प्रत्यक्ष टेलिफोन वार्ता गर्नुभएको छ । सन १९७९ मा अमेरिकाले एक चिन नितीको समर्थन गर्दै ताइवानसँगको औपचारीक सम्बन्ध विथोेलेको थियो त्यसपछि कुनै अमेरिकी नेताले ताइवानसँग प्रत्यक्ष रुपमा कुरा गरेका थिएनन ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपनि डोनल्ड ट्रम्पले ट्वीटर मार्फत ताइवानका राष्ट्रपनि इंगवेनले आफुलाई प्रत्यक्ष टेलिफोन गरेर राष्ट्रपति निर्वाचनमा विजयी भएकामा बधाइ दिएको उल्लेख गर्नुभएको छ । यस्तै ट्रम्पले पनि टेलिफोन संवादका क्रममा राष्ट्रपति इंगवेनलाई गत जनवरीमा ताइवानको पहिलो महिला राष्ट्रपति भएकामा बधाइ ज्ञापन गर्नुभएको र उहाँहरुबीच अमेरिका र ताइवानबीचको  आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी ट्रम्प र ताइवानबीचको संवादले ताइवानलाई आफ्नो प्रान्त मान्ने चिन रिसाउने विश्लेषण गरिएको छ । तर चीनले भने यस विषयमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । साई इंग–वेन गएको जनवरीमा ताइवानको पहिलो महिला राष्ट्रपति बन्नु भएको हो उहाँ ताइवान चीनबाट स्वतन्त्र होस भन्ने चाहानुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट