तेल सकिएपछि विमानको के लागोस् ? खसेछ विमान इन्धन सकिएर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:२५ बजे

तेल सकिएपछि विमानको के लागोस् ? खसेछ विमान इन्धन सकिएर

काठमाण्डौ
मंसिर १६
दुइृ दिनअघि कोलम्बियाको मेडिलन शहर नजिकै भएको विमान दुर्घटना इन्धन सकिदा भएको पुष्टि भएको छ  । ७७ जना सवार सो विमान दुर्घटनामा परी ब्राजिलको ए डिभिजन लिग खेल्ने सापेकोयन्से क्लबका खेलाडी, प्रशिक्षक, पत्रकार र चालक दल गरी ७१ जनाको मृत्यु भएका थियो ।

एक सार्वजनिक अडियो रेकर्डिङलाई आधारमानी सो विमान दुर्घटना इन्धन सकिएका कारण भएको त्यहाँका अधिकारीहरुलाई उदृतगर्दै बीबीसीले उल्लेख गरेको छ ।
कोलम्बियाको एयर ट्राफिक टावरको रेकर्डिङ टेपमा दुर्घटनाग्रस्त भएको विमानका पाइलटले दुर्घटनापुर्व बारम्बार विमानको इलेक्ट्रिक सिस्टममा खराबी आएको र इन्धन सकिएको कारण विमानलाई आकस्मिक अवतरण गराउन अनुमती मागेको अधिकारीहरुले बताएका छन् । कोलम्बियाका संचारमाध्यमहरुले सो अडियो रेकर्डिङलाई प्रकाशन र प्रशारण गरिसकेका छन । यस्तै विमान दुर्घटनामा संलग्न अनुसन्धानकर्ताहरुले दुर्घटना अचम्म लाग्ने भएको बताएका छन । उनीहरुले विमान दुर्घटनाहुँदापनि त्यसको कुनै चर्को आवज नआउनु सन्देहका रुपमा हेरेका छन । यस्तै त्यहाँका खोजकर्ता र वेलायतका खोजकर्ताले यस दुर्घटनाको रिपोर्ट आउन केहि समय लाग्ने बताएका छन् ।्


प्रतिक्रिया

सम्बन्धित समाचार