काठमाण्डौ
मंसिर १६
संयुक्त राष्ट्रसंघले सिरियाको विद«ोही नियन्त्रित एलेप्पो शहर विशाल चिहान बन्ने खतरा भएको चेतावनी दिएको छ । जारी गृहयुद्धमा सिरियाको सरकारी सेना आफ्ना सहयोगी शक्ति सहित विद«ोही नियन्त्रित पुवी एलेप्पो शहर नियन्त्रण गर्न अगाडि बढि रहेका बेला संयुक्त राष्ट्रसंघले एलेप्पो शहर विशाल चिहान बन्ने बताएको हो ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार सम्बन्धी मामिलाका प्रमुख स्टेफेन ओ ब्रेनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई सिरियाको जारी युद्धबाट प्रताडित नागरिकलाई मानवताको रक्षाका लागि बचाउन अपिल गर्नुभएको छ ।
उहाँले सिरियाको विद«ोही नियन्त्रित एलेप्पो शहरकोे संकटकालको बारे तत्काल छलफल गर्नुपर्ने पनि बताउनु भएको छ । सरकारी सुरक्षाकर्मीले बिद्रोही नियन्त्रित क्षेत्रमा गरेको पछिल्लो कारवाहीमा कम्तिमा ३४ जनाको ज्यान गएको छ । यस्तै सिरियामा गृहयुद्ध जारी रहँदा रुसको विदेश मन्त्रालयले सिरिया सरकारले विद«ोही नियन्त्रित १२ जिल्लामा नियन्त्रण लिइसकेको दावी गरेको छ ।
यसविचमा पुर्वी अलेप्पोमा सिरियाली सरकारले नियन्त्रण कायम गरीहाले पनि विद«ोही पक्षले त्यसको थप प्रतिशोध गर्ने तर सरकारसँगको विद्रोह अन्त्य नहुने विद्रोहीहरुका एक जना वरिष्ठ वार्ताकार जोर्ज साब्रालले बताएका थिए । जारी गृहयुद्धमा २५ हजार सिरियाली नागरिकहरु विस्थापित भएका छनभने हजारौको संख्याले ज्यान गुमाइसकेका छन् ।
