कोलम्बियामा विमान खस्दा समेत ६ जना बाँचे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:५४ बजे

कोलम्बियामा विमान खस्दा समेत ६ जना बाँचे

काठमाण्डौ
मंसिर १४
ब्राजिलको एक स्थानिय फुटबल टोलीका खेलाडी सहित ८१ यात्रु सवार विमान दुर्घटना ग्रस्त भएको छ । ७२ जना यात्रु र चालक दलका ९ सदस्य गरी ८१ जना रहेको चार्टर विमान कोलम्बियामा दुर्घटनामा परेको हो ।

बोलिभियाबाट उडान भरेको विमान कोलम्बियाको मेडलिनको पहाडी क्षेत्रमा  दुर्घटना ग्रस्त भएको हो । दुर्घटना स्थलबाट २५ जनाको शव फेला परेको छ भने ६ जनाको जिवितै उद्धार गरिएको बीबीसीले जनाएको छ ।  विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीहरु थिए । सो फुटबल क्लब साउथ अमेरिकन क्लब कप फाइनलका लागि कोलम्बिया मेडिलिनको क्लब एट्लेटिको नेस्नलसँग प्रतिस्पर्धा गर्नको लागि त्यहाँ प्रस्थान गरेको थियो  । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार