डोनाल्ड ट्रम्प एक अचम्मका पात्र, दिवंगत नेता फिडेल काष्ट्रो एक तानाशाही !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १२ आइतवार १६:०४ बजे

डोनाल्ड ट्रम्प एक अचम्मका पात्र, दिवंगत नेता फिडेल काष्ट्रो एक तानाशाही !

काठमाण्डौ
मंसिर १२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका दिवंगत नेता फिडेल काष्ट्रोलाई एक तानाशाहको संज्ञा दिनुभएको छ । जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले अब क्युबालीहरु स्वतन्त्र भविष्य तर्फ अघि बढ्ने आशा व्यक्त गर्नुभएको छ ।

एक वक्तव्य जारी गर्दै ट्रम्पले क्युबा अझैपनि एक सर्वसत्तावादी टापु रहेको भन्दै अब अन्ततः क्युबाली जनताले स्वतन्त्र भविष्यतर्फ पाइला चाल्ने आशा व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।
सन् १९५९ मा सत्तामा पुग्नुभएका काष्ट्रोले कम्युनिष्ट क्रान्ति गर्नुभएको थियो । उहाँले शक्तिशाली छिमेकी अमेरिकालाई दशकौंसम्म चुनौति दिनुभएको थियो । अमेरिकाले कैयौँपटक उहाँमाथि आक्रमणको प्रयास गरेपनि जोगिनुभएको थियो । काष्ट्रोले क्युबा देश जनतालाई सुम्पिएको उहाँका समर्थकहरुले बताउने गरेका छन् भने आलोचकहरुले काष्ट्रो एक बर्बर तानाशाह भएको बताउने गरेका छन् । अमेरिकाले क्युबासंगको सम्बन्ध सन् १९६१ मा शीतयुद्धकालीन तनावका माझ तोडेको थियो । क्युबामाथि उसले लगाएको कडा आर्थिक प्रतिबन्ध आधा शताब्दीभन्दा धेरै समय गुज्रिसक्दापनि जारी छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट