भारत पाकिस्तान तनावबारे पाकिस्तानी संसदमा भनाभन !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ११ शनिवार ११:२३ बजे

भारत पाकिस्तान तनावबारे पाकिस्तानी संसदमा भनाभन !

काठमाण्डौ
मंसिर ११
भारत र पाकिस्तानको सिमा रेखामा जारी तनावबारे पाकिस्तान संसदमा बहस भएको छ ।

त्यसक्रममा पाकिस्तानी सांसदहरुले सीमामा जारी तनाव कम गर्न आफ्ना प्रधानमन्त्री नवाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द« मोदीसँग कुरा गर्न सुझाव दिएका छन । हिजो पाकिस्तानी संसदमा पाकिस्तान र भारतबीच उब्जीएको द्धन्द्ध अन्त्य गर्नेबारे छलफल भएको हो । जारी तनाव अन्त्य गर्न प्रधानमन्त्री शरिफलाई भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न सांसदहरुले सुझाव दिएको वीवीसीले उल्लेख गरेको छ । सो बहसमा पाकिस्तानको नेशनल एसेम्ब्ली नियन्त्रण रेखामा भारत र पाकिस्तानबीचको उत्कर्ष अन्त्य गर्न आफ्नो विदेश नितीमा परिवर्तन ल्याउनुपर्नेपनि सांसदहरुले धारणा राखेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट