गोली हानाहान गरेर थाके कोलम्बिया सरकार र फार्क विद्रोही,जनताले हानाहान हेर्न चाहिरहे !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:३६ बजे

गोली हानाहान गरेर थाके कोलम्बिया सरकार र फार्क विद्रोही,जनताले हानाहान हेर्न चाहिरहे !

काठमाण्डौ
मंसिर १०
कोलम्बिया सरकार र त्यहाँको शक्तिशाली फार्क विद«ोहीबिच नयाँ संसोधित शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । कोलम्बिया सरकारले फार्क विद«ोहीसँग राजधानी बोगोटामा नयाँ संसोधित शान्ति सम्झौतामा हस्ताक्षरपछि संसदमा पेश गरेको वीवीसीले उल्लेख गरेको छ ।

शान्ति सम्झौता संसदमा पेश गरेसँगै विद«ोही फार्कका प्रमुख रोड्रिगो लोन्डोनोले सो सम्झौताले सरकारसँगको गृहयुद्ध अन्त्यहुनेमा विश्वास व्यक्त गर्नुभयो । यस्तै कोलम्बियाली राष्ट्रपति हुवा म्यानुयल सान्तोषले नयाँ शान्ति सम्झौता आम नागरिकको जनचाहाना समेट्ने भएकाले गत महिनाकोभन्दा उत्तम भएको धारणा राख्नुभयो ।
गएको महिना सरकार र फार्क विद«ोहि विच गृहयुद्ध अन्त्य गर्नेबारे भएको शान्ति सम्झौता त्यहाँको नागरिकहरुले जनमतसँग्रह मार्फत खारेज गरेका थिए । तर जनमत संग्रहले शान्ति सम्झौता खारेज भएपनि सरकार र फार्कले सो शान्ति सम्झौता कायम राख्ने बताउदै आएका थिए । अहिले गरिएको नयाँ शान्ति सम्झौता जनमत संग्रहका आधारमा नभएर संसदको निर्णयले अनुमोदन हुनेछ । सरकार र विद«ोहि पक्षबीच शान्ति सम्झौता गराएर ५ दशकभन्दा लामो गृहयुद्ध अन्त्य गराएकोमा कोलम्बियाका राष्ट्रपनि हुवा म्यानुयल सान्तोषले यस वर्षको विश्व नोवल शान्ति पुरस्कार प्राप्त गर्नु भएको थियो । सरकार र फार्क विद«ोहीबीच भएको ५२ वर्षे गृहयुद्धका क्रममा २ लाख २० हजार नागरिक मारिएका थिए । यस सम्झौताले त्यहाँको ५ दशक लामो गृहयुद्ध अन्त्यगर्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट