दर्जनौ मान्छेको हड्डी र खप्पर मेक्सिकन प्रहरीको हातमा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:३३ बजे

दर्जनौ मान्छेको हड्डी र खप्पर मेक्सिकन प्रहरीको हातमा !

काठमाण्डौ
मंसिर १०
मेक्सिकोको दक्षिण क्षेत्रमा एक सामूहिक चिहानमा ठूलो संख्यामा मानव कंकाल फेला परेको छ ।

लागुऔषध उत्पादनको क्षेत्रको रुपमा चिनिएको मेक्सिकोको दक्षिणी क्षेत्रस्थित ग्रामिण भेगमा ३२ ओटा मानव कंकाल र ९ ओटा खप्पर भिन्दा भिन्दै स्थानमा फेला परेको मेक्सिकोका अधिकारीहरुलाई उद्रित गर्दै बीबीसीले उल्लेख गरेको छ । ३२ मानव कंकाल मध्ये ३१ जना पुरुष र १ जना महिला रहेको बताईएको छ । यति ठूलो संख्यामा मानव कंकाल फेला पर्नु आश्चर्यजनक भएको भन्दै अझै त्यस्ता ठाँउहरुमा अनुसन्धान गर्ने मेक्सिकन प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट