काठमाण्डौ
मंसिर ७
जापानको उत्तर पुर्वी फुुकुसिमा प्रान्त केन्दविन्दु भएर ६.९ म्याग्निच्युडको शक्तिशाली भुकम्प पछि १ मिटर भन्दा अग्लो सुनामी गएको छ । यसअघि भुकम्प पश्चात त्यहाँ ३ मिटर अग्लो सुनामी आउने चेतावनी दिइएको विविसीले उल्लेख गरेको थियो ।
जापानी सरकारले भुकम्प पश्चात सुनामी आउनसक्ने खतरा रहेसँगै समुद« तट वरीपरिका आफ्ना हजारौ नागरिकहरुलार्ई सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो । जापानी मौसम बिज्ञान विभागका अनुसार अनुसार सो भुकम्प नेपाली समय अनुसार आज विहान पौने ३ बजे गएको हो । भुकम्प र सुनामीले निम्त्याएकोे क्षतिको विवरण यकिन रुपमा आउन नसकेपनि सामान्य रुपमा मानिसलाई चोटपटक मात्र लागेको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।
सुरुमा ७.३ म्याग्निच्युटको भुकम्प भनिएतापनि अमेरिकी भुगर्व विभागले त्यसलाई घटाएर ६.९ म्याग्निच्युटको भुकम्प भनेको छ । गत अप्रिलमा पनि जापानमा भुकम्पजाँदा ५० जनाको ज्यान गएको थियो । यस्तै आज भुकम्प गएको फुकुशिमा प्रान्तमा सन २०११ मा विनाशकारी भुकम्पपछि आएको सुनामीबाट १८ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
