भारतमा रेल दुर्घटनामा परि कम्तिमा ९६ जनाको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार १५:१७ बजे

भारतमा रेल दुर्घटनामा परि कम्तिमा ९६ जनाको मृत्यु

काठमाण्डौ
मंसिर ५
भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परि कम्तिमा ९६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ सय ५० जना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार कानपुरमा आज बिहान करिब तीन बजे पटना इन्दौर एक्सप्रेसको १४ डिब्बा लिकबाहिर गएपछि सो दुर्घटना भएको भारतीय संचार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार रेलको तीन कोच पूर्ण रुपमा क्षतिग्रस्त भएको छ र लिक छाडेका डिब्बाहरुलाई कटरबाट छुटाएर त्यसभित्र फँसेका मानिसहरुको उद्धार कार्य भईरहेको छ । घाईते अधिकांशको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । भारतका रेलमन्त्री सुरेश प्रभूले रेल दुर्घटनाबारे छानबिन हुने र दोषीमाथि कडा कारबाहि गरिने बताउनुभएको छ ।

यसैबीच, केन्द्रिय र राज्य सरकारले रेल दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप जनही १० लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार