काठमाण्डौ
कात्तिक २९
अमेरिकी नव–राष्ट्रपति डोनल्ड ट्रम्पले ३० लाख अबैध आप्रवासी आफ्नो निशानामा रहेको बताउनु भएको छ ।

अमेरिकी समाचार संस्था सिवीएससँगको साक्षात्कारमा उहाँले अवैध आप्रवासीलाई अमेरिकाबाट हटाउने अथवा जेलमा हाल्ने बताउनुभएको वीवीसीले उल्लेख गरेको छ । उहाँले विशेषगरी आफ्नो कारवाहि आपराधिक रेकर्ड भएका, गुण्डागर्दी प्रवृत्ती र लागुऔषधमा संलग्न प्रवासीहरुमा केन्दि«त रहने बताउनु भएको छ । नवनिर्वाचित ट्रम्पले आफ्नो चुनाव प्रचारका बेला मेक्सिको र अमेरिकाबीचको सिमामा पर्खाल लगाउने वाचा गर्नूभएको थियो ।
यस विषयमा उहाँले आफ्नो वाचा कायम राख्ने बताउनु भएको छ ।
