नेपालको जत्तिकै न्युजिल्याण्डमा भूकम्प जाँदा २ जनाको मृत्यु,नेपालमा भने १० हजार !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:३२ बजे

नेपालको जत्तिकै न्युजिल्याण्डमा भूकम्प जाँदा २ जनाको मृत्यु,नेपालमा भने १० हजार !

काठमाण्डौ
कात्तिक २९
न्यूजिल्याण्डमा हिजो गएको शक्तिशाली भुकम्पमा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार कैयौँ मानिसहरु भग्नावशेषभित्र पुरिएको आशंका गरिएको छ । क्राइष्टचर्चभन्दा ९५ किलोमिटर टाढा केन्द्रबिन्दू बनाएर हिजो मध्यरातमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का क्राइष्टचर्च लगायत ठूलो क्षेत्रमा महशुस गरिएको समाचारहरुमा जनाइएको छ । भूकम्प गएको करिब दुई घण्टा लगत्तै उत्तरपूर्वी तटमा सुनामीको लहर समेत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरुले पहिलो छाल ठूलो नभएको बताएका छन् । यद्यपी त्यो कैयौं घण्टा सक्रिय रहनसक्ने सरकारले बताएको छ । भूकम्पले पुर्याएको क्षतिबारे पूर्ण विवरण भने आइनसकेको प्रधानमन्त्रि जोन किले बताएका छन् । यसअघि सन् २०११ मा क्राइष्टर्चचमा गएको भूकम्पमा परि एक सय ८५ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार