काठमाण्डौ
कात्तिक २०
अमेरिकामा राष्ट्रपतीय चुनावको मौका पारेर आतंकबादी आक्रमण हुनसक्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चरमपंथी समुह अलकाइदाले राष्ट्रपतीय चुनावका दौरान आक्रमण गर्न सक्ने गोप्य सुचना पाए लगत्तै अमेरिकाको सुरक्षा कडा पारिएको र त्यसबारे छानविन भईरहेको त्यहाँका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाको न्यु योर्क, टेक्सास र भर्जिनिया आक्रमणको केन्द«विन्दु हुनसक्ने अनुमान गरिएपनि त्यहाँका प्रहरीले भने त्यस्तो सूचनालाई अस्वीकार गरेको छ ।
यसैबीच अमरीकामा राष्ट्रपति पदको लागि चुनावी प्रचार अन्तिम चरणमा प्रवेश गरेको छ । राष्ट्रपतिका उम्मीद्वार डेमोक्रेटिककी हिलारी र रिपब्लिकन पार्टिका ट्रम्प जनताको विश्वास जित्न विभिन्न ¥याली तथा कार्यक्रममा व्यस्त भएका छन ।
यसैबीच डेमोक्रेटिक पार्टिकी हिलेरी क्लिंटन उहाँकी प्रतिद्वंदी डोनल्ड ट्रंप भन्दा थोरै अगाडि रहेको मत सर्वेक्षणले उल्लेख गरेको विविसीले जनाएको छ । सर्बेक्षणका अनुसार हिलारीको मत प्रतिशत ४७ प्रतिशत र ट्रम्पको ४४ पुगेको छ । गएको हप्ता एफÞबीआई ले हिलेरी क्लिंटनको गोप्य ईमेल फेरीे जाच्नबुझ शुरू गर्ने बताएपछि उहाँको मतसंख्या घट्दै गइरहेको थियो । आगामी मंगलबार अमेरिकामा राष्ट्रपतिय चुनाब हुनगइरहको छ ।
