साउदीका राजकुमारलाई मृत्यु उपहार !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३ बुधवार १५:१५ बजे

साउदीका राजकुमारलाई मृत्यु उपहार !

काठमाण्डौ
कात्तिक ३
साउदी अरेबियाका राजकुमार टुर्कीबीन साउद अल कबिरलाई मृत्युदण्ड दिइएको छ । उनलाई ३ वर्षअघि राजधानी रिहादमा विवादका क्रममा आपm्नै देशको नागरिकमाथि गोली प्रहारगरी हत्या गरेको आरोप लागेको थियो । सोहि आरोपमा दोषी देखिएपछि उनलाई मृत्युदण्ड दिइएको त्यहाका अधिकारीहरुले बताएका छन् ।
उनलाई कसरी मृत्यृदण्ड दिइयो भनेर अहिलेसम्म स्पष्टिकरण नआएको  विविसीले उल्लेख गरेको छ । साउदी रक्षा मन्त्रालयले उनको मृत्यु दण्डपछि सरकार जनताको सुरक्षा र न्यायको लागि कटिबद्ध भएको बताएको छ । राजकुमार कबिरका तर्फबाट पिडित परिवारलाई ब्लड मनिको प्रस्ताव समेत आएको थियो तर परिवारले सो प्रस्ताव अस्विकार गरेका थिए । उनीहरुले ब्लडमनिको साटो राजकुमार कबिरको मृत्युदण्डको माग गरेपछि उनलाई मृत्युदण्ड दिइएको हो ।
राजकुमार कबिर साउदी अरेबियामा यो वर्ष मृत्युदण्ड दिइनेमध्ये १३४औ व्यक्ति रहेको समाचार संस्था एएफपीले जनाएको छ । अधिकारीहरुले राज खान्दानका कोही व्यक्तिलाई मृत्युदण्ड दिइनु नौलो कुरा भएको बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार