काठमाण्डौ
असोज २२
यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ख्वाँन म्यानुअल सान्तोसलाई प्रदान गरिएको छ ।
५२ वर्षदेखिको फार्क बिद्रोह अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेकाले राष्ट्रपति सान्तोसलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबल पुरस्कार प्रदायक कमिटिले जनाएको छ । फार्क बिद्रोहीसँगको चार वर्ष लामो वार्तापछि केही हप्ता अघि भएको शान्ति सम्झौता भएसँगै फार्क बिद्रोह अन्त्य भएको थियो । यसका लागि सान्तोसले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
तर फार्क विद«ोहीसँग सरकारले शान्ति सम्झौता गरेको १ हप्तामै जनमतसंग्रहमाबाट कोलम्बियाका नागरिकले सरकार र फार्क बिद्रोहीबिच भएकोे शान्ति सम्झौता झिनो मत अन्तरले अस्वीकार गरेका थिए । जनमत पश्चात उहाले जस्तो नतिजा आएपनि सरकार र फार्क समुहबीच शान्ति सम्झौता जारी रहेन बताउनु भएको थियो त्यस्तै विद«ोही पक्षका नेतालेपनि उनीहरु शान्तिको पक्षमा भएको बताएका थिए ।
जनमतसंग्रह पछिको अवस्था बारे अहिले दुवै पक्षबिच त्यसबारे छलफल जारी छ । फार्क बिद्रोहको क्रममा दुई लाख ६० हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो भने ६० लाख मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका थिए ।
