काठमाण्डौ
असोज ७
वीरगन्ज नगर क्षेत्रमा बढ्दो प्रदुषणको नियन्त्रण र फोहोर व्यवस्थापनको माग गर्दै आज स्कुले बालबालिकाले सडकमै सुतेर विरोध जनाएका छन् ।
प्रकृती सेवा प्रतिष्ठान नेपालको अगुवाइमा वीरगन्ज भन्सार कार्यालय अगाडिको मुल सडकमै सुतेर स्कुले बालबालिकाले विरोध जनाएका हुन् । भन्सार कार्यालय अगाडिको मुल सडकमै आज आधा घण्टा सड्कमै सुतेर स्कुले बालबालिकाले विरोध जनाएका हुन् । स्कुले बालबालिकाको प्रदर्शनमा वीरगञ्जका प्रकृति प्रेमी, प्रतिष्ठानका पदाधीकार र स्थानीय युवाले साथ दिएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रकृति सेवा प्रतिष्ठानको विरोध प्रर्दशनलाई सकारात्मक रुपमा लिएको भन्दै भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडो भन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन दिने बताउनुभयो ।
