अपराधको पनि बाउ अपराध महाअपराध सिरियामा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार १५:४३ बजे

अपराधको पनि बाउ अपराध महाअपराध सिरियामा

काठमाण्डौ
असोज ४
सिरियाको अलेप्पो शहरमा राहत सामग्री बोकेका ट्रकहरुको लस्करमाथि हवाई आक्रमण भएको छ ।

त्यहाँको सेनाले युद्धविराम सकिएको घोषणा गरेको केही घण्टापछि सो आक्रमण भएको हो । अपुष्ट खवरहरुका अनुसार, उर्म–अल–कुब्रा शरह नजिक भएको सो आक्रमणमा १२ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
राष्टसंघका एकजना प्रवक्ताले ३१ मध्ये १८ वटा ट्रकमा आक्रमण भएको भन्दै हवाई आक्रमण हो वा होइन भन्ने पुष्टि भइनसकेको बताएका छन् । आक्रमणमा परेका ट्रकहरुले अलेप्पो शहरबाट विद्रोही नियन्त्रित ग्रामिण क्षेत्रमा नियमित राहत सामग्री लैजादै थिए । सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्तफान डे मिस्तुरा ले सो आक्रमण उत्तेजना फैलाउने खालको भएको टिप्पणी गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार