बम राख्नेलाइ बम झै पड्काउन माग,नपड्काए आफै पड्किने चेतावनी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार १५:२९ बजे

बम राख्नेलाइ बम झै पड्काउन माग,नपड्काए आफै पड्किने चेतावनी

काठमाण्डौ
असोज ४
राजधानीका विभिन्न नीजि विद्यालयमा आज विहान बम राख्ने र विष्फोट गर्नेमाथी कडा कारबाही गर्न नीजि विद्यालय संगठनहरुले सरकारसंग माग गरेका छन ।

नीजि विद्यालय सञ्चालकको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा  विद्यालय जस्तो शान्ति र संवेदनशिल क्षेत्रमा बम राखिएकोप्रति घोर भत्र्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरिएको प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले जानकारी दिनुभयो । साथै उनीहरुले विद्यालयमा शान्ति सुरक्षा कायम गर्न पनि सरकारसंग माग गरेको छ । विद्यालयमा पढ्ने बालबालिका र विद्यार्थीको पढ्ने अधिकारमाथी ठाडो हस्तक्षेप गर्दै बम राख्ने तथा विष्फोट गराएर आतंक मच्चाउने गतिविधिको अन्त्य हुनुपर्ने माग पनि नीजि विद्यालय सञ्चालकको छ । सोका विषयमा नीजि विद्यालय सञ्चालकहरुले सरकारको ध्यानाकर्षण गराउन शिक्षामन्त्री डिआर पौडेललाई भेटेर दोषीमाथी कडा कारबाही गर्न र विद्यालयमा शान्ति सुरक्षा कायम गर्न माग गर्दैछन । अहिले केहीबेरपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमै गएर मन्त्रीलाई भेटी आफुहरुले ध्यानाकर्षण गराउने प्याब्सनका अध्यक्ष केसीले बताउनुभयो । आज विहान काठमाडौका ८ वटा र ललितपुरको एउटा विद्यालयमा बम फेला परेको थियो भने ती मध्ये २ वटामा राखिएका बम बिष्फोटन भएका थिए । विद्यालयमा बम राख्ने समूहका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिपक थापाले जानकारी दिनुभएको छ । उनिहरुको परिचय भने खुलाइएको छैन । अन्यको खोजी भइरहेको थापाले बताउनुभयो । बम भेटिएका केही विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट