काठमाण्डौ
असोज १
अमेरिकाको आगामी राष्ट्रपतिका रिपब्लिकन पार्टिका उमेद्धार डोनल्ड ट्रम्प फेरी विवादमा पर्नुभएको छ ।

आफ्नी डेमेक्रेटिक प्रतिद्धन्द्धी हिलारी क्लिन्टनको हत्या हुनुपर्छ भनेर दोस्रो पटक अभिव्यक्ति दिएपछि ट्रम्प विवादमा पर्नुभएको हो । ट्रम्मले एक ¥यालीमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा हिलारीको सुरक्षाकर्मीलाई हतियार विहिन बनाए, हिलारी कमजोर हुने समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । नागरिकले हतियार राख्न पाउनुपर्ने अधिकारलाई हिलारीले भंग गर्न चाहेकोे आरोप समेत उहाँले लगाउनुभयो । तर, हिलारी क्लिन्टनका समर्थकले ट्रम्पको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै नागरिकलाई हिंसाप्रति प्रेरित गरेको आरोप लगाएका छन् ।
