विद्यार्थीले समेत प्रचण्डलाइ राष्ट्रहित सिकाउन थालेपछि…


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २७ सोमवार १९:४२ बजे

विद्यार्थीले समेत प्रचण्डलाइ राष्ट्रहित सिकाउन थालेपछि…

काठमाण्डौ
भदौ २७
शैक्षिक प्रमाणपत्रका आधारका ‘शैक्षिक ऋण’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन संयुक्त विद्यार्थी सङ्गठनले सरकारसँग माग गरेको छ ।

आठ विद्यार्थी सङ्गठनको आज बागबजारमा बसेको संयुक्त बैठकले नीति तथा कार्यक्रम र बजेटमार्फत विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो लिन पाउने शैक्षिक ऋण कार्यक्रमलाई कार्यान्वयनमा लानुपर्ने माग राखेको हो । सरकारले बजेटमार्फत स्नातकोत्तर गरेका विद्यार्थीलाई सात लाख, स्नातकलाई पाँच लाख र प्रमाणपत्र तहलाई तीन लाख रुपैयाँ शैक्षिक ऋण उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै विद्यार्थी संगठनहरुले निर्धारित मितिमा स्ववियु निर्वाचन गराउन सम्पूर्ण विद्यार्थी सङ्गठनबीच समान धारणा बनाई निर्वाचन सुनिश्चित गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । यसैगरी, नेपाली भाषामा भित्रिएको नयाँ वर्णविन्यासको विवादले आमजनमानस र विद्यार्थीमा ठूलो अन्योल सिर्जना भएको भन्दै बैठकले यसलाई शीघ्र अन्त्य गर्न सरकारसँग माग गरेको छ । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट