विदेशीलाइ पछार्ने भन्दै एक नेपाली टोली भारत गयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १८ शनिवार १३:४० बजे

विदेशीलाइ पछार्ने भन्दै एक नेपाली टोली भारत गयो

काठमाण्डौ
भदौ १८
भारतमा भोलिदेखि शुरु हुने दशौँ एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा भाग लिन २० सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोली आज बिहानै भारतको केरलास्थ्ति कोचातर्फ प्रस्थान गरेको हो ।

१२ खेलाडी सम्मिलित टोलीमा क्याडेटको पुरुष ५० केजीमुनी लक्ष्मण जिसी, ५५ केजीमुनी रोशनबहादुर दोङ र ६० केजीमुनी सन्जोग भट्ट तथा महिलामा ४८ केजीमुनी शारदाकुमारी खत्री र ५२ केजीमुनी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै जुनियर पुरुषतर्फ ५५ केजीमुनीमा किरण गदेल, ६० केजीमुनी सुदेश दोङ र ६६ केजीमुनी रामभक्त तामाङ तथा महिला ६३ केजीमुनी फुपुलल्हामु खत्री, ७० केजीमुनी पुनम श्रेष्ठ, ५२ केजीमुनि अन्जु पाण्डे र ४८ केजीमुनी मनिष महर्जनले भाग लिने छन् । भारत जाने टोलीको प्रशिक्षकमा रमेश मगर र देविका खड्का तथा व्यवस्थापकमा धर्मरत्न पाछै र गायत्री बस्नेत छन् । प्रतियोगिता सेप्टेम्बर ११ सम्म चल्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार