घर फर्किएका मेस्सीको गोलमा देश बिजयी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १७ शुक्रवार १५:४९ बजे

घर फर्किएका मेस्सीको गोलमा देश बिजयी

काठमाण्डौ
भदौ १७
विश्वकप छनौट अन्तर्गतका खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन । गएराती भएका खेलमा फुटबलको स्वर्ण विजेता ब्राजिलले इक्वेडरलाई ३–० ले पराजित गरेको हो भने अर्जेन्टिनाले बलियो प्रतिद्धन्द्धी उरुग्वेलाई १–० ले पाखा लगाएको हो । ब्राजिलका लागी कप्तान नेयमारले १ र गाब्रियल जेसिसले २ गोल गरे ।

messi

ब्राजिलले तीनै गोल खेलको दोश्रो हाफमा गरेको थियो । यस्तै झण्डै दुई महिनापछि सन्यास फिर्ता लिएर राष्ट्रिय टोलीमा फर्किएका लियोनल मेस्सीले गरेको एक मात्रै निर्णायक गोलले अर्जेन्टिना विजयी भएको हो । बलियो मानिएको उरुग्वेलाई हराएको अर्जेन्टिनाका लागी मेस्सीले खेलको ५२ औँ मिनेटमा गोल गरेका थिए । यस्तै विश्वकप छनौटका अन्य खेलमा बोलिभियाले पेरुलाई र कोलम्बियाले भेनेजुयलालाई समान २–० ले पराजित गरेका छन भने पाराग्वेले कोपा अमेरिका च्याम्पियन चिलीलाई १ का विरुद्ध २ गोलले पाखा लगायो ।
यसैबीच गएराती नै भएका मैत्रीपूर्ण खेलमा स्पेन, फ्रान्स र पोर्चुगल विजयी भएका छन । विश्वकप छनौटको तयारीका लागी भएका खेलमा स्पेनले बेल्जियमलाई २–० ले हराउँदा फ्रान्सले इटालीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो भने युरोकप च्याम्पियन पोर्चुगलले गिब्राल्टरलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । स्पेनका लागी म्यान्चेष्टर सिटीका स्ट्राइकर डेभिड सिल्भा एक्लैले २ गोल गरे । खेलको ३४ औँ मिनेटमा पहिलो गोल गरेका सिल्भाले ६२ औँ मिनेटमा पेनाल्टीमा दोश्रो गोल गरेका थिए । यस्तै फ्रान्सको जितमा एन्टोनी मार्टियल, ओलिभर जिरार्ड र लिभेन कुर्जवाले एक एक गोल गरे भने इटालीका लागी ग्राजियनो पेलेले एक गोल गरे । यस्तै युरोकप जिताएका सुपरस्टार क्रिष्टियानो रोनाल्डो विना नै खेलेको पोर्चुगलले गिब्राल्टरलाई ५–० हराउँदा नानीले २ तथा पेपे, कान्सेलो, र सिल्भाले एक एक गोल गरे । यस्तै गएराती नै भएका अन्य मैत्रीपूर्ण खेलमा ग्रीस, हङकङ र बहराइन विजयी भएका छन ।


प्रतिक्रिया

सम्बन्धित समाचार