ओराली लागेको मृग जस्तै मेस्सी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १४ मंगलवार २१:५९ बजे

ओराली लागेको मृग जस्तै मेस्सी

काठमाण्डौ
भदौ १४
अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका मुख्य स्ट्राइकर लियोनल मेस्सी घाइते भएपछि विश्वकप छनौट खेलिरहेको अर्जेन्टिनाको राष्ट्रिय टोली समस्यामा परेको छ ।

is

हिजोमात्रै उसका अर्का मुख्य स्ट्राइकर सिटीका सर्जियो अग्वेरो घाइते भएकै कारण टोलीबाट बाहिरिएको २४ घण्टा पनि नवित्दै मेस्सी पनि घाइते भएपछि अर्जेन्टिनाको राष्ट्रिय टोली समस्यामा परेको हो ।  आइतबार राती एथ्लेटिको विल्वाओविरुद्धको खेलमा मेस्सी घाइते भएका हुन । उनको बायाँ खुट्टामा चोट लागेको स्पेनिस क्लब बार्सिलोनाले जनाएको छ । सन् २०१८ को विश्वकप छनौट खेलिरहेको अर्जेन्टिनाले पर्सी विहीबार उरुग्वेको घरेलु मैदानमा खेल्दैछ भने आउँदो मंगलबार भेनेजुएलासँग उसकै मैदानमा प्रतिष्पर्धा गर्दैछ । गत सिजनको कोपा अमेरिका उपाधि जित्न नसकेपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका मेस्सीले केही दिन अघि मात्रै सन्यास फिर्ता लिएका थिए । मेस्सी र अग्वेरो घाइते भएपछि अर्जेन्टिनालाई विश्वकप छनौटमा चुनौति समेत थपिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सीले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार