जोजे माउरिन्होले म्यानचेष्टर युनाइटेडको प्रशिक्षकका रुपमा इंग्लिस पि्रमियर लिगमा सुखद सुरुवात गरेका छन् । म्यानचेष्टर युनाइटेडले यो सिजनको लिगको पहिलो खेलमा बोर्नमाउथलाई ३-१ ले हराएको छ ।

भ्रमणकारी टोली युनाइटेडले ४० औं मिनेटमा माटाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा वायन रुनीले गोल गरे । ६४ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गरे । उनले म्यानचेष्टर युनाइटेडबाट डेब्यू खेलमा नै गोल गरेका हुन् । ३४ वर्षे इब्राहिमोभिचले यसअघि इटली, स्पेन र फ्रान्सका साथै च्याम्पियन्स लिगमा पनि डेब्यू खेलमा गोल गरेका थिए । घरेलु टोली बोर्नमाउथका लागि स्मिथले सान्त्वना गोल गरे ।
