काठमाण्डौ
असोज १९
गत असोज १ गते सप्तकोशी नदीमा डुंगा दर्घटनापछि प्रतिबन्ध लगाइएको डुंगा सञ्चालन फेरी सुचारु गरिएको छ ।
डुंगा चढ्ने सुनसरी श्रीलंका टापुबासीलाई लाईफ ज्याकेट वितरण गरेपछि प्रतिबन्धित डुंगा सञ्चालन फेरी सुचारु गरिएको हो । बर्षेनी डुंगा दुर्घटना भइरहने सप्तकोसी नदी वारपार गर्दा टापुबासीलाई लाइफ ज्याकेट अनिवार्य लगाउन भनिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापगाइले जानकारी दिनुभयो । जिल्लाका प्रमुख चापागाई, प्रहरी प्रमुख एसपी पो्षराज पोखरेल र जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी रामप्रसाद वाग्लेको पहलमा १ सय थान लाईफ ज्याकेटको व्यबस्था गरिएको हो । असोज १ गते श्रीलंका टापुबाट प्रकाशपुर बजार आउदै गरेको ६३ जना सवार डुंगा सप्तकोसीको विच नदीमा दुर्घटना हुदाँ ९ जना बेपत्ता भएका थिए भने ५३ जनाको सकुशल उदार गरिएको थियो । सो दुर्घटनाश्चात सप्तकोसी नदीमा डुंगा चलाउन प्रतिबन्ध लगाइएको थियो । सप्तकोसीमा डुंगा संचालनलाई ब्यबस्थित बनाउन र आगामी दिनमा त्यस्ता दुर्घटनाबाट बच्न लाइफज्याकेट वितरण गरेर डुंगा सञ्चालन गरिएको प्रजिअ चापागाईले बताउनुभयो ।
