काठमाण्डौ
असोज १९
चाडबाडमा बिशेष सुरक्षा योजना लागू गरेको प्रहरीले बढी भाडा लिने सवारी साधनमा विरुद्ध कारवाही तिव्र पारेको छ ।
दशैं मान्न काठमाडौं बाहिरिने यात्रुसँग मनोमानी भाडा असुल्ने सवारीसाधन बिरुद्धको कारबाही तीव्र पारीएको प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिर जाने यात्रुहरुसँग यातायात व्यवसायीले महँगो भाडा असुल्ने गरेको गुनासो बढेपछि हिजोदेखि सुरु यस अभियान आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।
आज पनि विहानैदेखि काठमाडौं परिसर र विभिन्न बृतहरुबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न बसपार्क तथा बस छुट्ने ठाउमा अनुगमन गरीरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले जानकारी दिनुभयो । उहाका अनुसार गौशला, नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा पुगेको प्रहरी टोलीले बढी भाडा असुल गर्ने सवारीका कर्मचारीलाई कारबाही गरिरहेको छ ।
