काठमाण्डौ
असोज १९
वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालका आवासीय चिकित्सकले आजपनि आकस्मिक बाहेकका सबै सेवा वहिस्कार गरेका छन् ।
आमरण अनशन बसेको ९ दिन बितिसक्दा पनि माग पूरा गर्न सरकार संवेदशील नभएको भन्दै हिजोबाट सुरु वहिरङ्ग सेवा वहिस्कार चिकित्सकहरुले आज पनि जारी राखेका हुन् । आफुहरुले डाक्टर केसीको माग पुरा गर्न दवावको लागी आन्दोलन जारी राखेको आवासिय चिकित्सकहरुले बताएका छन् । अस्पतालमा कार्यरत ३ सयभन्दा बढी चिकित्सकको साझा संस्था नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले हिजोबाट बहिरंग अर्थात ओपिडी सेवा वहिस्कार गन सुरु गरेका हुन् ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसीले उठाएका सुधारका माग बेवास्ता गरेर संसद् र सरकार मौन बसको भन्दै बाध्य भएर अस्पताकै सेवा बन्द गर्न बाध्य भएको आवासिय चिकित्सकहरुले बताएका छन् । अस्पतालका अधिकांश सेवा रेजिडेन्टको भरमा चल्ने गरेका सो अस्पतालमा एसोसिएसनको आन्दोलनसँगै हिजोदेखि अस्पतालको धेरै सेवा प्रभावित भएको छ । चिकित्सा शिक्षा र सुशासनसँग सम्बन्धित माग लिएर डा केसी आमरण अनसनमा हुनुहुन्छ ।
