काठमाण्डौ
असोज १९
पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनी ८ ऐनापहरामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
बिहान आठ बजे खसेको पहिरोले राजमार्ग पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ । निकै ठूलो ढिस्को खसेकाले बाटो खुलाउन अझै समय लाग्ने प्रहरीले जनाएको छ । ४ वटा स्काभेटर, प्रहरी र स्थानीयले बाटो पन्छाउने काम गरिरहेको छ । बाटो अवरुद्ध भएपछि दसैंका लागि घर हिडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक र राजनितिक दलका नेताहरु समेत पहिरोका कारण बाटोमा नै रोकिएका छन् । गोरखा तथा पोखरा जाने तथा त्यहाँबाट काठमाडौं फर्कने यात्रु अलपत्र परेका छन् ।
